दफा १०
अध्यक्षको काम, कर्तव्य र अधिकार

(१) अध्यक्षको काम, कर्तव्य तथा अधिकार देहायबमोजिम हुनेछ :–

(क) अस्पताललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न आवश्यक योजना तथा कार्यक्रम बनाई लागू गर्ने,

(ख) समितिले गरेका निर्णय कार्यान्वयन गर्ने गराउने,

(ग) अस्पतालको वार्षिक कार्यक्रम बनाउन लगाई समिति समक्ष पेश गर्ने ।

(२) अध्यक्षको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।